रुकुम चौरजहारी

सहकारी बचतकर्ताको रकम हिनामिना गर्ने रवि लामिछाने नै गृहमन्त्री

रुकुम आठ विसकोट

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दोस्रो पटक गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाएका हुन् ।

गृहमा माओवादी केन्द्र र नेकपा एमालेको पनि दाबी भएपनि रास्वपाले यो मन्त्रालयलाई शर्त राखेको पाईयो।

बहुमत सुरक्षित गर्न सकस भइरहेका बेला २१ सांसद भएको रास्वपा कांग्रेसतिर पनि ढल्किनसक्ने समेत हल्ला चलेको थियोे । कतिले त काङ्ग्रेसबाट रवि लामिछानेलाई गृहमन्त्री नै दिने समेत बोलेको पाईयो।

सर्त बमोजिम माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली दबाबमा परेर रविलाई गृहमन्त्री दिएको बुझीएको छ।

मंगलबारसम्म रास्वपाले चार मन्त्रालय दाबी गरेपछि एमाले–माओवादी नेताहरुले तीन मन्त्री र एक राज्यमन्त्री मात्र दिन सकिने बताएका थिए ।

दबाबपछि रास्वपाले गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय पाएको छ ।

रवि लामिछाने यतिबेला सहकारीका वचतकर्ताको रकम हिनामिनामा उनी समेत मुछिएका छन् ।

रविले राजनीति सुरु गर्नुअघि प्रबन्ध निर्देशकको रुपमा काम गरेका ग्यालेक्सी टिभीका अध्यक्ष जीबी राईलाई अहिले प्रहरीले खोजी गरिरहेको छ ।राईलाई खोज्न अहिले ईन्टरनेटपोल लगाईएको छ। फागुन २३