रवि जस्तो भ्रष्टलाई राखेर सत्ता टिकाउन खोज्ने : चित्र बहादुर केसि
चैत ७
काठमान्डौ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसिले सहकारीलाई प्रकरणलाई राफसाफ पार्न रवि लामिछानले गृहमन्त्रालय रोजेको बताएका छन।
प्रतिनिधिसभाको बैठक पछि पत्रकारसंग कुराकानी गर्दै उनले रवि लामिछाने जस्तो भ्रस्टाचारिलाई जन्ताले नस्विकार्ने बताए ।
सहकारी प्रकरणमा आफै दोषी भएर मुद्दा परेका व्याक्तीले गृहमन्त्री बन्नुनै गलत भएको केसिले बताए । उनले यो कुरा पहिले पनि भन्दै आईरहेको र यो कुरा सबैले बुझेको पनि उनले बताए ।
यस्तै यस्ता व्याक्तीलाई राखेर प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउन खोज्नु पनि गलत रहेको बताए । राष्ट्रिय जनमोर्चा पार्टी र नेपाली काङ्ग्रेसले संसदमा रविलामिछानेको विरोध गर्दै आईरहेको छ।