रुकुम चौरजहारी

गृहमन्त्री रविलाई बचाउन प्रधानमन्त्री प्रचण्डले झुट बोल्नु भो : शेखर कोइराला

चैत ७

रुकुम आठ विसकोट

काठमान्डौ -नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई जोगाउने प्रधानमन्त्री प्रचण्डले सदनमा झुटो कुरा बोलेको बताएका छन।

नेपाली कांग्रेसका स्व नेता गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवसको अवसरमा बुधबार बुटवलमा जिपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीको भवन शिलान्यास गर्दै नेता कोइरालाले यस्तो बताएका हुन।

‘कांग्रेसलाई दोष दिएर माओवादीले बनाएको यो नयाँ गठबन्धनले कुन धारमा टेकेर के – के गर्छ त्यो हेर्दै जाँउ न, केही समयमा यो आफै नाङ्गिने छ’ नेता कोइरालाले भने।

राजनीतिमा नैतिकताको खडेरी परेको भन्दै उनले गृहमन्त्री लामिछानेले राजीनामा दिनु पर्नेमा जोड दिए। विवादमा तानिएपछि यस अघि धेरै नेताहरुले पद त्यागेको स्मरण गर्दै उनले गृहमन्त्रीबाट राजीनामा दिएर सहकारी घोटालाको अनुसन्धानलाई सघाउनु पर्ने बताए।

नेता कोइरालाले कृष्णबहादुर महरा पक्राउ परेकै दिन सुनकाण्डका अन्य दोषीलाई धरौटीमा छाडिनु रहस्यमय रहेको पनि बताए।

यस्तै नेता कोइरालाले प्रधानमन्त्री दाहालले टिआरसीलाई राजनीतिक लेनदेनको विषय बनाएको आरोप पनि लगाए।

सत्ताको मोलमोलाइले टिआरसी नटुङ्गिने भन्दै उनले पीडितलाई नजरअन्दाज गर्न नसकिने र अन्तर्राष्ट्रिय समुदायले उठाएका सवालको पनि सम्बोधन गरिनु पर्नेमा जाेड दिए।
गृहमन्त्री लामिछानेलाई लागेको आरोपमा प्रधानमन्त्रीले सदनमा बचाउ गरेका छन।