जाजरकोटमा दुई गाडी एकआपसमा ठोक्किँदा चार जना घाइते
जाजरकोट – जाजरकोटमा दुई वटा गाडी एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।
मंगलबार दिउँसो भेरी नगरपालिका कुदुस्थित रातामाटा नजिकै बोलेरो र फोर्स गाडी एकआपसमा ठोकिएका हुन् ।
नेपालगञ्जदेखि जाजरकोट खलङ्गा जाँदै गरेको लु २ ख ५८३६ नम्बरको फोर्स र विपरीत दिशाबाट आइरहेको लु १ च ५२९९ नम्बरको गाडी एकआपसमा ठोकिँदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
लु २ ख ५८३६ नं फोर्समा सवार १२ जना मध्ये ४ जना व्यक्ती घाईते भई उपचारको लागि जिल्ला अस्पताल जाजरकोट तर्फ पठाएको र अन्य सवार सबै सकुसल रहेको र लु १ च ५२९९ नं को जिपमा सवार ८ जना सबै सकुसल रहेका छन भने दुबै गाडिको अगाडिको भाग क्षेती भएको छ । चालकलाइ प्रहरि चौकि कुदुले नियन्त्रणमा लिएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ ।
पछिल्लो समय कर्णालीका विभिन्न जिल्लामा सवारी दुर्घटनाहरु बढीरहेका छन। सडक ब्यबस्थापन न हुँदा र क्षमता भन्दा बढी सवारि सवार गराउदा दुर्घटना बढेको जानकारहरुको भनाइ छ।