Gold
Bangad salyan

टिकटक बनाउने क्रममा खोलामा खसेर दुई जनाको मृ,त्यु

तेह्रथुम —टिकटक वनाउने क्रममा खोलामा खसेर दुई जनाको मृ,त्युु भएको छ।

मेन्छ्यायेम गाउँपालिका–५ गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र त्यही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

गौखुरी माविका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार रविना र सुस्मिता हिजो शनिवारको बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए ।

खोला किनारमा टिकटक बनाउने क्रममा उनीहरु चिप्लिएर खोलामा बगेका थिए ।

बगेका दुई जनाको बेलुका शव भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख चिनिमाया तामाङले जानकारी दिए । उनीहरुको शव आज परिवारलाई बुझाउने तयारी छ । पुष ७