Gold

सानीभेरी गाउँपालिकाको तेस्रो पालिका अधिवेशन सम्पन्न

पुस १४

Naumule Migrate

रुकुम पश्चिम् – नेकपा माओवादी केन्द्र सानीभेरी गाउँपालिकाको तेस्रो पालिका अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशन बाट धर्म बहादुर पुन साहित्यको अध्यक्षतामा ४५ सदस्यीय गाउँ कमिटि निर्बिरोध निर्वाचित भएको छ ।

जसको उपाध्यक्षमा ईन्दिरा ओली, दिपक बाठामगर र बिरसिं बिक, सचिवमा बालकृष्ण विक, सहसचिवमा बालकुमार नकाल र कोषाध्यक्षमा चक्र बहादुर केसी निर्विरोध निर्वाचित हुनुभएको छ ।

 

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समित रूकुम पश्चिमले पालिका अधिवेशन कार्यविधि २०८१ पास गरेर कार्यान्वयनमा ल्याई उक्त कार्विधि अनुसार अधिवेशन सम्पन्न भएको नव निर्वाचित उपाध्यक्ष ईन्दिरा ओलीले जानकारी दिनुभयो ।

उपाध्यक्ष ओलीका अनुसार २१ जना प्रत्यक्ष निर्वाचित भएर, २० जना समानुपातिक प्रणालीबाट र ४ जना मनोनित गरी ४५ जना सदस्य निर्वाचित गरिएको हो ।

सानीभेरी गाउँपालिका वडा नं ७ को छोटबगर स्थित शहिद स्मृति संग्राहलयको हलमा भएको तेस्रो अधिवेशको उद्घाटन समारोहको अध्यक्षता धर्मबहादुर पनले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता नेकपा माओवादी केन्द्र केन्द्रिय अनुसान आयोगका सदस्य नरबहादुर पुन ताराको रहेको थियो ।

Naumule Badhipahiro