रवि लामिछाने रिहा ६५ लाख धरौटी माग
पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की जिल्लाको हिरासतबाट ८४ दिनपछि धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीजित राईको इजलासले थुनामा रहेका सबै प्रतिवादीसँग धरौटी माग गरेको थियो ।
रविसँग ६५ लाख, जोशीसँग ८८ लाख, खनालसँग १५ लाख धरौटी माग गरिएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रवि लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका छन् ।
रविलाई पोखरास्थित गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात् प्रहरीले प्रक्रिया पुर्याएर परिवारको जिम्मा लगाउने छ। पुष २५