शिक्षिकाको कुटाइबाट एक विद्यार्थीको आँखा फुट्यो
पुस २८
पश्चिम नवलपरासी – पश्चिम नवलपरासीको प्रतापपुरमा शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने एक विद्यार्थीको आँखा फुटेको हो ।
प्रतापपुर गाउँपालिका–१ मा रहेको एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले लठ्ठीले हान्दा यूकेजीमा पढ्ने ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको हो ।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मंसिर १८ गते कक्षामा दुई विद्यार्थी बीचको झगडा छुट्याउने क्रममा शिक्षिका चौधरीले प्लास्टिकको लठ्ठीले हानेकी थिइन् ।
बालक प्रशान्तको आँखामा चोट लागेको विद्यालयका प्रिन्सिपल सुजित कुमार गुप्ताले बताए ।
अभिभावकहरुले बालकको उपचार गर्न गोपीगञ्ज, परासी, रणअम्बिका आँखा अस्पताल भैरहवा हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पताल पुर्याए ।
तर चिकित्सकले नानी फुटेकाले आँखा देख्न नसक्ने बताएको बुवा नरेन्द्रप्रसाद चौधरी बताउँछन् ।
अहिले ती शिक्षिका फरार रहेको समेत बताईएको छ। उनको खोजी भैइरहेको प्रहरीले जनाएको छ।