रवि लामिछानेलाई अदालत लगिदै थुन छेक बहस जारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुन छेक बहस आज हुने भएको छ।

जिल्ला अदालत काठमाडौंमा हिजो आइतबार बयानपछि थुनछेक बहस नभएपछि उनलाई हिरासतमा पठाइएको थियोे ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएपछि लामिछानेलाई हिरासतमा पठाइएको हो ।

लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखीएको छ।प्रहरीले नै सोमबार लामिछानेलाई अदालतमा उपस्थित गराउनेछ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो ।

यसअघि लामिछानेलाई गत बिहीबार कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी अभियोगमा धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पुष २९