Gold
Bangad salyan

ताप्लेजुङको दु:खद घटना अब कस्लाई कारबाही होला

बैशाख ८

ताप्लेजुङ – ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउ सडकमा बिजुलीको तार झरी मे १ ज ३०११ गाडीमा आगो लाग्दा ४ जनाको मृ,त्यु भएको हो ।

मृ,त्यु हुनेमा फुङलिङ नगरपालिका १० का सवारी चालक दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल, झापाकै वर्ष ७० का विनोद पौडेल रहेको प्रहरीले जनाएको छ ।

गाडीमा ६ जना रहेको र अन्य घाईते ललितपुरकी वर्ष ४५ की सविना आचार्य र उहाँका छोरा अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

मृतक आध्या घाईते सविनाको छोरी र सरिता विनोद पौडेल सविनाको बुबा आमा रहेको जनाईएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यस्तै घटनाको अनुसंधान गरि तत्काल कारबाही अगाडि बढाउन माग गरिएको छ। तार कसरी नि किन कस्ले अत्र तत्र बनायो भन्ने बारेमा अनुसंधान गर्न सामाजिक संजालभरी माग गरिएको हो।