३ अर्ब हिनामिना गरेर फरार कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष पक्राउ
जेठ् १८

काठमान्डौ – बाँकेकाे नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् ।
उनलाई बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोप छ । बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार रहेका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले उनलाई नेपाल–भारत सिमानाको रुपन्देही बेलहीया नाकाबाट पक्राउ गरेको बताइएको छ ।
कर्णाली विकास बैंकबाट ग्राहकले पैसा नपाएपछी बैंकमा पुगेर रुवाबासि र आन्दोलन गरेका थिए । त्यापछि उक्त उक्त बैंकलाई राष्ट्र बैंकले समस्याग्रास्त क्षेत्र तोकेको थियोे ।

