Gold
Bangad salyan

ताकुकोट सेवा समाज काठमान्डौको फुटसल कार्यक्रममा प्रथम हुने खेलाडीलाई १५ हजार नगद सहित ट्रफिले सम्मान

जेठ ३१

काठमान्डौ – गोरखा-ताकुकोट सेवा समाज काठमाडौॅ द्वारा आयोजित Gtssk तेस्रो फुटसल कार्यक्रम आज सप्पन्न भएको छ।

आज शनिबार बालाजुको ब्राईट हिवन बोर्डिङ स्कुलको फुट्सलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

बारपाक सुलिकोट वडा न ६ ताकुकोट्बाट काठमाडौं आई बसोवास व्यवसाय अध्ययन गर्ने युवा हरूलाई लक्षित गरेर गरीएको फुटसल कार्यक्रम मा १३ वटा टिमको सहभागीता भएको थियोे ।

खेलको चरणमा मनाशलु युवा क्लब प्रथम बनेको छ भने जनशक्ति युवा क्लब भन्ञ्जाङलेले दोस्रो जित हात पार्न सफल भएको छ।


ताकुकोट सेवा समाज काठमान्डौका अध्यक्ष अनुप श्रेष्ठ , सचिव धिरज उपरकोटि लगायत उपस्तिथिको टिमले प्रथम हुने खेलाडिलाई रु १५ हजार सिल्ड र प्रमाणपत्रले सम्मान गरिएको थियोे ।

यस्तै दोश्रो हुने खेलाडि हरुलाई पनि रु ८ हजार नगद , सिल्ड र  प्रमाणपत्रले सम्मान गरिएको थियोे ।

त्यस्तै अनुशासित खेलाडिलाई पनि प्रमाणसहित  संमान गरिएको थियोे ।

विशुद्ध रुपमा समाज सेवाको लागि सुरुवात भएको यो ताकुकोट सेवा समाज संथाले प्रतेक बर्ष महिनामा विभिन्न सेवा मुलक कार्यकर्म गर्दै आएको छ।

कार्यक्रममा विभिन्न क्षेत्रका बिशिस्ट व्याक्ती , कलाकार , पत्रकार सुरक्षाकर्मी , शिक्षक विध्यार्थीहरुको उपस्तिथि रहेको थियो।

कार्यक्रममा विभिन्न व्याक्तीहरुले खेलाडिलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग गरेका थिए । खेलाडीलाई आयोजकले नास्ता पानी र फलफुलको व्यबस्थापन समेत गरेको थियो ।