Gold
Bangad salyan

चुनावको लागि नेपाली सेनाको गस्ती सुरु

Salyan

काठमान्डौ – आगामी २१ फाल्गुनको प्रतिनिधिसभा चुनावको लागि नेपाली सेनाले गस्ती खट्न सुरु गरेको छ। कोशी प्रदेशका १४ वटै जिल्लामा सेना परिचालन भएसँगै धनकुटामा पनि सेनाले गस्ती जारी राखेको हो ।

निर्वाचनलाई स्वस्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन नेपाल सरकारले दिएको निर्देशन वमोजिम धनकुटामा पनि सेना परिचालन गरिएको भीम दल गण सल्लेरी ब्यारेक धनकुटाका प्रमुख सेनानी गणेश थापाले बताए ।एकीकृत निर्वाचन सुरक्षा योजनामा नेपाली सेनालाई अन्य सुरक्षा निकायसँगको सहकार्यमा नागरिक प्रशासनलाई सहयोग पुयाउने उल्लेख छ ।

साथै संवेदनशील क्षेत्र तथा महत्वपूर्ण पूर्वाधारहरुको सुरक्षा, निर्वाचन अवधिभर उत्पन्न हुन सक्ने आपतकालीन अवस्थामा शीघ्र प्रतिक्रिया, मतदाताको निर्वाध आवागमनमा सुनिश्चितता, निर्वाचन सामग्रीहरुको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरण गर्ने जिम्मेवारी तोकिएको छ ।धनकुटामा कुल १ सय १९ मतदान स्थलमा १ सय ६६ मतदान केन्द्र रहने भएका छन् ।

यस्तै जिल्ला कारागार धनकुटामा र निर्वाचनमा नखटिएका कर्मचारीका लागि २ वटा अस्थायी मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि सभा सदस्यका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् ।

फाल्गुन २६