Gold
Bangad salyan

ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बरले चार जनाको फोटो राख्दै गरे आ,त्मह,त्या

जेठ् ४

काठमान्डौ – ग्लोबल आइ एमी बैकका एक कर्मचारी पिताम्बर खड्काले चार जना साथीहरुको फेसबुकमा फोटो पोष्ट गरी झण्डीएर आत्मह,त्या गरेका छन् ।

झापाको दमक ८ स्थित लक्ष्मी मार्ग टोलका बासिन्दा पिताम्वर खड्काले चार साथीका कारण आत्महत्या गर्नु परेको भनेर उनीहरुको फोटो सामाजिक सञ्जालमा फोटो पोष्ट गरी आत्मह,त्या गरेका हुन् ।

खड्काले दिप चन्द्र रेग्मी,अनमिका कुवँर सिंह,सुरेन्द्र रेग्मी र सुमन पोखरेलको नाम सहितको सामुहिक फोटो पोष्ट गरेर आत्मह,त्या गरेको प्रहरीले जनाएको छ ।

४२ वर्षीय खड्काले आज साँझ ५ बजे साथीहरुको सामुहिक फोटो पोष्ट गरी वडा न ८ स्थित आफ्नै घरको भुइ तलाको कोठा भित्रको सिलिङ फेन झुण्डाउने फलामको हुकमा प्लाष्टिकको पासो घाँटीमा लगाई झुण्डीएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मृतकका बुवा महेश खड्कालले पितामवर झुण्डिएको अवस्थामा देख्न साथ प्रहरीलाई खबर गरेपछि प्रहरी निरीक्षक नविन राईको कमाण्डमा टोली खटिगई घट्ना स्थलमा मुचुल्का गरी थप अनुसन्धान तथा कानुनी प्रकृया गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

साँझ नै मृतक खड्काको शव पोष्टमाटमका लागि दमक अस्पताल लगिएको दमक ८का वडा अध्यक्ष धर्मप्रसाद दाहाल(दिपेश)ले बताए । खड्का हाल ग्लोबलको विराटनगर शाखामा कार्यरक्त रहेको बुझिएको छ ।