Gold
Bangad salyan

प्रधनमन्त्री बालेन्द्र शाहलाई देशद्रोहको अभियोगमा तत्काल पक्राउ गर्न जेन्जी मुभमेन्टको विज्ञप्ति

काठमान्डौ – प्रधनमन्त्री बालेन्द्र शाहलाई देशद्रोहको अभियोगमा तत्काल पक्राउ गर्न जेन्जी मुभमेन्टले आग्रह गरेको छ। बालेन्द्र शाहको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै जेञ्जि मुभमेन्टका प्रवक्ता विजय शाहले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।

उक्त अभिव्यक्तिले राष्ट्रिय हित, परराष्ट्र नीति तथा नेपालको कूटनीतिक अडानसँग सम्बन्धित महत्वपूर्ण प्रश्नहरू उठाएको हाम्रो ठहर छ। वालेन्द्र शाहलाई तत्काल देशद्रोहको अभियोगमा पक्राउ गर्नुपर्छ विज्ञप्तिमा भनिएको छ।

जेनजी मुभमेन्ट नेपालको धारणा छ कि सार्वजनिक पदमा रहेका व्यक्तिहरूका अभिव्यक्तिहरू संविधान, राष्ट्रिय हित र कूटनीतिक मर्यादासँग मेल खाने हुनुपर्छ। प्रधानमन्त्रीको हैसियतमा सार्वभौम संसदमा उक्त कुरा राख्नु नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथिको नाङ्गो प्रहार हो।

देशैभरि रहेका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरूलाई तत्काल प्रदर्शनमा उत्रिन, आजै प्रधानमन्त्री निवास बालुवाटारलाई घेराउ गर्न र नियन्त्रणमा लिन आह्वान गर्दछौं।

बालेन्द्र शाह प्रधानमन्त्रीको पदमा रहँदा देशको भूभाग गुम्ने, राष्ट्रियता खतरामा पर्ने र देश आपसी गृहयुद्ध साथै छिमेकीसँग द्वन्दमा जानसक्ने खतरा प्रति सचेत रहन देशवासीलाई आह्वान गर्दछौं। जेन्जी आन्दोलनमा सिंहदरबार ,शितल निवास, सर्वोच्च अदालत लगायत देश जलाउनुमा बालेन्द्र शाहको प्रमुख भूमिका रहेको समेत उजागर भएको छ । साथै सुरक्षा निकायलाई पनि देशमा उत्पन्न हुन सक्ने विषम परिस्थितिको लागि तयार रहन सचेत गराउँदछौँ ।जेठ १९