surkhet

हिम आँधीमा परेका नौ जनाको शव संकलन गरि आज काठमान्डौ ल्याउदै ,,

surkhet

असोज २८ बेनी – म्याग्दीको धौलागिरि गाउँपालिका,१ मा पर्ने गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर मृत्यु भएका नौ जनाको शव भेटिएको छ। उनि हरुको शव आज काठमान्डौ ल्याउने तयारि भईरहेको छ । आवश्यक औजार र सामग्रीसहित हेलीकोप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले आइतबार बिहान पहाडको खोँचबाट नौ जनाको शव निकालेर आधार शिविरमा राखेको प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए। असोज २४ गते राति सुतिरहेको अवस्थामा आएको हिमआँधीमा परेर दक्षिण कोरयाका जहन लि, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन मो जियोङको मृत्यु भएको छ।

Gorkha

मृत्यु हुने नेपालीमा संखुवासभा भोटखोला गाउँपालिकाका छिरिङ भोटे, देना आङजुक भोटे, फुर्बु भोटे र म्याग्दीको धौलागिरि गाउँपालिकाका नेत्रबहादुर छन्त्यालको पनि मृत्यु भएको छ। बेपत्ताको खोजीमा गएका गुर्जाका बासिन्दा र सिम्रिक एयरका पाइलटले शनिबार खोँचमा शवहरु देखेपनि भौगोलिक बिकटता र औजार, उपकरणको अभावमा संकलन हुन सकेको थिएन्।जिल्ला सदरमुकाम बेनीदेखि करीब चार घण्टा गाडी, आठ घण्टा पैदल हिडेपछि र गुर्जा गाउँ पुगिन्छ। त्यहाबाट थप पाँच घण्टा हिडेपछि आधार शिविर पुग्न सकिन्छ। पर्यटन विभागबाट ६० दिनको अनुमति लिएर उनीहरु गुर्जा हिमालको पहिलो पटक आरोहण गर्न आधार शिविर पुगेका थिए।

salyan