आज देखि राष्ट्रिय परिचयपत्र वितरण सबैभन्दा पहिले १०१ वर्षीया भगवतीलाई ,,

मंसिर,३ काठमाडौं – सरकारले आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने गरेको छ । आगामी ३ वर्षभित्र देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको छ राष्ट्रिय परिचयपत्र वितरण सरकारले पाँचथरबाट सुरु गरेको हो पाँचथरको शहीद मञ्चमा आयोजित बिशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले फिदिम नगरपालिका,४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई सबैभन्दा पहिले राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरणको शुभारम्भ गर्नेछन् । त्यसका लागि गृहमन्त्री थापा आज ११ बजे फिदिम पुग्दैछन् ।

राष्ट्रिय परिचयपत्रका लागि यसअघि भण्डारीबाटै विवरण संकलन थालिएको थियो । सोमबार नै पाँचथरका थप ५० जनालाई पनि परिचयपत्र वितरण गर्ने तयारी छ ।‘राष्ट्रिय परिचय पत्र वितरणका लागि पाँचथरमा ५२ हजारभन्दा बढीको विवरण संकलन गरिएको छ । तत्कालका लागि २४ सय कार्ड बनेर हामीकहाँ आइसकेको छ,।

पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने, ‘आवश्यक प्रक्रिया पूरा गरेर अरुलाई क्रमशः वितरण गर्दै जान्छौं ।पाँचथरमा गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन शुरु भएको थियो । हालसम्म ५२ हजारको विवरण संकलन गरिसकेको विभागले क्रमशः सबैलाई परिचयपत्र वितरण गर्ने योजना बनाएको छ ।