रुकुम चौरजहारी

कृ ले उठाउला त लगानी ? बनेको हो साढे ३ करोडमा ,,

रुकुम आठ विसकोट

रंग दर्पण ३ फाल्गुन – देसै भरिका फ्लिम हाल मा चलेको छ फ्लिम कृ ,सामन्यत ७० लाख देखि १ करोड सम्म नेपालि चलचित्र निर्माण हुने गर्दछन ।तर कृ भने साढे ३ करोड लागानीमा निर्माण भयो छ ,यसको लागनी ३ जम्नाले गरेका छन् ।सुवास गिरि ४० भुवन केसी ४० श्री पराजुली २० प्रतिसत लागिनी गरेर फ्लिम निर्माण भयको छ । सुबास गिरि यक उत्साहित निर्देसक हुन् उनको भनाइ भने फरक छ ,म काम गर्दा कम्प्रोमाईज गर्दिन ।निर्धक्क संग गर्छु र यो फ्लिम बाट लगानी मात्र हैन नाफा कमाउछु भन्ने उनको भनाई रह्यो ।कृ ले बिशेष गरि युवा पुस्तालाई बडी आकर्सित गरेको छ । प्रदर्शनको छैटौं दिनसम्म आइपुग्दा फिल्मले लगानी उठाएर मुनाफा आर्जन गर्न सक्ने विश्वास बढेको गिरी बताउँछन् । उनका अनुसार फिल्मले हालसम्म ४ करोड ५० लाखको ग्रस आम्दानी गरेको छ । यसमध्ये गत शनिबार एकै दिन १ करोड ७७ लाखको व्यापार गरेको उनले जानकारी दिए ।

‘सोमबार अलिक खस्केको ब्यापार मंगलबार फेरि माथि उठेको छ,’ उनले भने, ‘सम्भवतः अर्को हप्ता हामी मुनाफामा जानेछौं ।’

ओभरसिज राइट र ब्राण्ड प्रायोजनबाट फिल्मले रिलिज अगावै एक करोड ३० लाख -ओभरसिज राइट ८० लाख र ब्राण्डको ५० लाख) कमाएको थियो । त्यसैगरी व्यापारबाट हालसम्म एक करोड ५० लाख खुद आम्दानी गरेको छ यसरी कुल आम्दानी दुई करोड ८० लाख पुगेको छ । अब ७० लाख खुद आम्दानी गरेको खण्डमा फिल्मले लगानी उठाउने छ र मुनाफामा जानेछ । फिल्म सुरुवातीरुपमा एक सय १८ हलमा रिलिज भएको थियो, जुन आफैंमा एउटा रेकर्ड हो । तीमध्ये धेरैमा फिल्मले दोस्रो साताको यात्रा तय गर्ने निर्माताको विश्वास छ ।