ललितपुरमा एक इटालियन नागरिकको मृत्यु ,,
रंग दर्पण फाल्गुन ३ फागुन, काठमाडौं – ललितपुरको गोधावरीमा एक जना इटालियन नागरिकको मृत्यु भएको छ ।
कुपण्डोलस्थित होटल ग्रिनवीच भिलेजमा बसेका ७२ वर्षीय फ्रेस्सको पिएट्रो भ्यान्सलीको बुधबार मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता नरेन्द्र चन्दले उनको मृत्यु भएको पुष्टि गरे । प्रहरीका अनुसार ग्रिनवीच होटलका सञ्चालक प्रविण आचार्यको घरमा उनको मृत्यु भएको हो ।
उनलाई तत्काल थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएपनि अस्पतालले मृत घोषणा गरेको थियो । उनी बाथरुपमा लडिरहेको अवस्थामा भेटिएका थिए ।
चन्दका अनुसार मृतक इटालियन नागरिक र होटल सञ्चालक साथी हुन् ।
यसैबीच, प्रहरीले उनको मृत्यु अस्वभाविक भन्दै अनुसन्धान सुरु गरेको छ । उनको शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ,सञ्चालकलाई निगरानीमा राखिएको छ ।