भ्रष्टाचार विरुद अन्तरास्ट्रिय दिवस नेपालमा पनि मनाईयो ,,
मंसिर २३ , काठमाण्डौ – भ्रष्टाचार विरुद अन्तरास्ट्रिय दिवस नेपालमा पनि मनाईएको छ । भ्रष्टाचारबिरुद्धको दिवससको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि आफ्नो भनाई राखेका छन्।
कार्यक्रममा बोल्दै ओलीले भने भ्रष्टाचार गर्नुपर्छ कसैले नभन्ने तर भ्रष्टाचार गर्ने गरेको गुनासो गरे । साथै ओलीले ठुलो स्वरमा म भ्रष्टाचार गर्दिन भन्ने गरेको बताएका छन् ।उनले भने मान्छे बुद्धिजीवी छ, चलाखी छ, बुद्धि कुठाउँमा प्रयोग गर्छ र भ्रष्टाचार गर्छ ।
मूर्ख भएको भए भ्रष्टाचार हुँदैन्थ्यो ।डर लाग्दो क्कुरा त यो छ, कि सपथ खाँदा मा भ्रस्टाचार गर्दिन भनेर खाने तर झन् झन् ठुला ठुला भ्रस्टाचार हुने यो अचम्मको कुरा हो ओलीले भने ।
ओलीले यो पनि भने सानो भ्रस्टाचार देखिन्छ ।तर ठुला भ्रस्टाचार देखिदैनन ,सबै मिलेर देश बनाउने योजनामा लागेको बेला देशमा यस्ता घटना घटनाले देशलाई र जनतालाई लजित पारेको प्रधानमन्त्री ओलीले बताए।