Gold
Bangad salyan

चिकित्सक संघ द्वारा आजबाट आकस्मिकबाहेकका सेवा ठप्प,,

माघ १८ , काठमान्डौ – डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज देखि चिकित्संघले आकस्मिकसेवा ठप्प पारेको छ। केसीको माग सुनुवाई नभय अझै कडा रुपमा आन्दोलन प्रस्तुत गर्ने संघले जनाएको छ।

संघका महासचिव डा. लोचन कार्कीले २५ दिनदेखि अनसनरत केसीको जीवन रक्षा गर्न सरकार गम्भीर नबनेपछि बाध्य भएर कडा संघर्षको कार्यक्रम सार्वजनिक गर्नुपरेको बताए । देशभरका सरकारी, गैरसरकारी तथा निजी मेडिकल कलेजका आकस्मिक सेवा सञ्चालन गर्न नरोके पनि ओपीडीलगायतका सेवा बन्द हुने जानकारी डा. कार्कीले दिए ।

गोविन्द केसीको जीवन रक्षा माग गर्दै त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालमा रिले अनसन बसिरहेको संघले आफ्ना कार्यक्रम बन्द नगर्ने घोसना गरेको छ ।उता संघले थप संघर्षका कार्यक्रम घोषणा गरे पनि त्रिवि शिक्षण अस्पताललगायतले बन्द, हडताल नगर्न अपिल गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालले बन्द, हडताल निषेध गर्दै त्यसविपरीत प्रस्तुत हुने चिकित्सक तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । डा गोविन्द केसीले उठाएका माग भने सबै पुरा भईसकेको भन्दै सरकारले चिकित्सासिक्षा प्रतिनिधिसभा र रास्ट्रीयसभाबाट पारित गरेको छ ।प्रतिपक्ष नेपालि कांग्रेशले भने आन्दोलन गर्दै आयको छ ।