Gold
Bangad salyan

मन्त्रि अधिकारि सहित ७ जनाको शव टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइने ,,

फागुन,१६ काठमाडौं – हिजो अपहरान्ना ताप्लेजुङ् हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव बाट काठमाडौं ल्याउने तयारी भैरहेको छ ।

घटनास्थलबाट संकलन गरेर सबै शवहरु ताप्लेजुङको सुकेटार विमानस्थल लगिएको छ । मौसम खराब भएकाले त्यहाँबाट काठमाडौं ल्याउन कठिनाई भइरहेको छ ।

मौसम अनुकुल भएलगत्तै शवहरु काठमाडौं पठाइने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ‘बाक्लो कुहिरो लागेको छ, हामी रेडी भएर बसेका छौं, मौसम अनुकुल हुनासाथ पठाउँछौं अनुजले भने।

शवहरू काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ । त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने छ ।

श्रद्धाञ्जलीपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने छ ।मन्त्री अधिकारीसहित सात जनाको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ ।

मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरिसकेको छ । मन्त्री अधिकारीको शव गृहजिल्ला कास्की लैजाने स्रोतले जनाएको छ । मन्त्रि अधिकारिका आम बुवालाई हिजोनै कास्की बाट काठमान्डौ ल्याईएको छ।