Gold
Bangad salyan

मन्त्री रविन्द्र अधिकारीप्रति पोखरामा श्रद्धाञ्जलि ,,

फागुन १७ , पोखरा – गत १५ गते ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि दिने कार्यक्रम पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको छ ।

मन्त्रि अधिकारि लगायत हेलिकप्टर दुर्घटनामा मृतु हुने ७ जनालाई आज काठमान्डौको सैनिक मनच टुडिखेलमा हार्दिक श्रदान्जली गरिएको थियो। अधिकारिको शव ग्रह जिल्लामाने दाहससस्कार सर्ने भयपछि पोखरा पठाईएको छ।

मन्त्रि अधिकारिको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिए ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले संयुक्तरुपमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिए ।

मन्त्री अधिकारीलाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री पद्ममा अर्याल, नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारी, गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपाका नेता योगेश भट्टराई, श्रममन्त्री गोकर्ण विष्ट, काङ्ग्रेस नेता यज्ञबहादुर थापालगायतले श्रद्धाञ्जलि दिएका थिए ।

मन्त्रि अधिकारि लगायत सबै मृतकको पार्थिव शरीरमा हजारौले श्रदान्जली अर्पण गरेका छन्।