Gold
Bangad salyan

पोखरामा प्याराग्लाइडर फेरी अर्का नागरिक रुखमा ….

फागुन २० , पोखरा – पोखराको फेवातालमा खसेर घाईते भएका रोमानियाका विदेशी नागरिक इडीइकेडी जेइसको हिजो उपचारको क्रममा मृतु भयको छ। आज पुन पोखरामा रसियन प्याराग्लाइडर रुखमा अल्झिएका छन्।

पोखरा महानगरपालिका १८ सराङकोटबाट उडेका रसियन पाइलट मादी गाउँपालिकाको जंगलको अग्लो रूखमा अल्झिएको मादी गाउँ पालिका वडा नम्बर ७ का अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए।

अन्य पाइलटहरू सकुशल भुइँमा झरे पनि उनी भने रूखमा अल्झेको छन् । रुख निकै अग्लो भयको कारण अर्को रुखबाट डोरी लगाएर उद्दार कार्य जारि छ।

तर उनि रुखमा अल्झीएको हुनाले निकाल्न कठिन भयको छ। विभिन्न देशबाट पोखरामा प्याराग्लाइडिङ गर्न करिब २ सय भन्दा बढी विदेशी नागरिकको आगमन भयको छ ।