Gold
Bangad salyan

गायिका देखि माननीय बनेकी कोलम ओलीलाई ३ वर्ष जेल हुन सक्छ , ,

फागुन २३ , काठमान्डौ – गायिका कोमल ओली सबैले सुनेको नाम हो उनि एक चर्चित गायिका पनि हुन् ।गायिका बाटो संगै उनको जीवन राजनीतिक तर्फ मोडियो , ।उनि अहिले नेकपाको माननीय सम्म पुगेकी छिन।

चर्चित टेलिभिजन कान्तिपुरमा लिईएको उनको अन्तर्वारतामा उनले दलितमा आच पुर्याउने गरि बोलिएको शब्द म मरे डुमै राजा भनेर बोलेकी छिन ।जुन शब्द दलित समुदायको लागि परम्परामा हेपाहा शब्द हो ।

माननीय बनेर संसदमा बोल्ने देशको निम्ति अग्रसर छु ,भन्ने कोमल ओलीले बोल्न नजानेको हो, या हेपेर बोलिएको हो भन्ने यो कुराको रिजल्ट निक्लिने तयारिमा छ ।,यो प्रश्न सम्पूर्ण दलित हरुको हो जसलाई दलित महिला जातिय छुवाछुत विरुद्द आवाज उठाउदै आयकि सरु सुनारले यो मुद्दा उठाएकि छिन।

कोमल ओलीको प्रतिपक्षियमा प्रस्तुतकर्ताको रुपमा रहेका सुरज सिंह ठकुरीलाई राखिने छ।कान्तिपुर टेलिभिजनको माई सुरज सिंह शो कार्यक्रममा ईन्टरभ्यु दिने क्रममा यो अपमान शब्द प्रहार गरेकी हुन्। जसको साथमा ईटरभ्युको लागि चर्चित संगीतकार सम्भुजित बास्कोटा पनि उपस्थिति थिय।

दलित आन्दोलनको लागि १० वर्षे जनाअन्दोलन भयर याँहा सम्म आउदा पनि चरित्र मानसिकतामा अझै परिवर्तन नभयकि गायिका / माननीयलाई जातीय विभेद कसुर ऐन बाट दफा ४ को उफदफा १२ बाट जाने हो भने ३ वर्ष जेल र क्षतिपुर्तिको सजाय छ।

अब देखि दलितलाई छुवायर कुनै पनि चलचित्र , टेली शृंखला शोर्ट मुभी निर्माण हुन नपाउने भयका छन् ।निर्माण भयका तेस्ता श्र्यवय दृश्य हरु पनि बन्द हुने क्रममा छन् ।

म मरे भने डुमै राजा मलाई केहि पनि चाहिन्न बाचुन्जेल सम्म मिठो मिठो खुवाउनुस जस्ता शब्द प्रहार गरेकी छिन । जुन शब्द सिंगो दलित समुदायलाई अपमान र आत्मसम्मान चोट पुर्याउने अभिब्यक्ती हो ।

जसको लागि सरु सुनारले यो मुद्दालाई नागरिक समाज बाट अगाडी बढाएकि छिन। जुन विषयलाई दलित सांसदले सदनमा उठाउने तयारि भईरहेको छ । दलित ऐन लागु भयपनी अझै कर्यनयनमा हुन नसक्दा ठाँउ, ठाँउमा दलित हरु कुटिनु र हेपिनुले अझै ससक्त आन्दोलनको तयारि जस्तो देखिन्छ।