Gold
Bangad salyan

सुर्खेत क्यान मेलामा रोबर्टले रिवन काटेर उद्घाटन गर्दा दर्शक अचम्म ,,

फागुन २४ , सुर्खेत – आज देखि सुर्खेतमा क्यानमेला सुरु भयको छ ।क्यान इन्फोटेकको मेला यही फागुन २८ गतेसम्म सञ्चालन हुने भयको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश डिजिटल प्रदेश बन्नेमा आशा पलाएको बताएका छन् ।प्रदेश राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको क्यान इन्फोटेकको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली प्रदेश सरकारले यस प्रदेशलाई डिजिटल प्रदेशको रुपमा विकास गर्ने कार्य अघि बढाएको छ ।

त्यसमा क्यानको साथ र सहयोग जरुरी छ । देश विज्ञान र प्रविधि बिना अन्य विकाश अधुरा रहने मुख्यमन्त्री शाहीको भनाई छ मुख्यमन्त्री शाहीले सूचना र प्रविधिको प्रयोगमा सक्षम नभएसम्म चुनौतीहरु कायम रहने भन्दै क्यानले आयोजना गरेको प्रदर्शनीले कर्णालीको प्रविधिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री शाहीले औपचारिक उद्घाटन गरेपछि स्टल स्थलको उद्घाटन भने नेपाली वैज्ञानिकले बनाएको रोबोर्टले रिबन काटेर गरेको थियो । कम्प्यूटर एशोसियसन नेपाल ९क्यान० महासंघ सुर्खेत शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा क्यान महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरसीयाले कर्णाली प्रदेश सरकारले डिजिटल प्रदेशको निर्माण गर्ने योजनालाई क्यान मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

मेलामा आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु, डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार जस्ता कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । सुर्खेतमा रोबर्ट हेर्ने हरुको घुईचो छ रोबर्ट पहिलोपटक सुर्खेतमा ल्याईएको क्यानले जनायको छ।