Gold
Bangad salyan

स्थानिय जनपर्तिनिधिलाई प्रधानमन्त्रीको सुझाव विप्लवलाई चन्दा नदिनुस् ,,

फागुन,२९ , काठमाडौं – देशका विभिन्न ठाँउमा विध्वंशकारी क्रियाकलाप गरेको भन्दै विप्लवलाई सरकारले प्रतिबन्ध लगाउने घोसना गरेको छ। विभिन्न कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो जानकारी गरेका हुन् ।

विप्लवका विभिन्न जिल्लामा हुने गरेका कार्यक्रमलाई विथोल्ने भन्दै गृहमन्त्रालयले तेस्ता ठाँउमा प्रहरी परिचालन समेत गरेको छ। यस्तै बिचमा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहहरुलाई निर्देशन दिएका छन् ।

नेपाल नगरपालिका संघको २६ औं प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक आचरण र व्यवहारका साथ राजनीतिक क्रियाकलापमा आउन सबैलाई बाटो खुला छ । तर, आतंकलाई अस्त्र बनाएर लुटको धन्दा चलाउन पाइँदैन ।

स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि पत्र आएको, पैसा मागेको सुनेको भन्दै उनले चन्दा नदिन आग्रह गरे । उनले भने, ‘नडराउनुस्, लुटेराहरुलाई लुट्न नदिनुस् ।

विप्लवका कार्यविधि तिर सरकारले संकेत गर्दै उनीहरुका क्रियाकलापमा सरकारले कारबाही गर्छ ।उनीहरु कम्युस्टको नाममा लुटेरा हुन्, तेस्ता व्यक्तिलाई कानुन बमिजिम कारबाही र नियन्त्रण गरिने ओलीले बताए व्यंग्य शैलीमा प्रधानमन्त्री ओलीले भने ।

आफुले पनि याँहा नेकपा भन्न पर्या छ।। उता बाहिर बिस्फोट गर्ने लुट्ने यो बाटो छोड्नुस भन्दै विप्लव पक्षलाई जानकारी गरेका हुन् ।