Gold
Bangad salyan

बालुवाटारको सरकारी जग्गा घोटाला प्रकरण नेकपाका महासचिव विष्णु पौडेलको भनाई ,,

चैत २७ ,काठमाडौं- बालुवाटारको जग्गा घोटाला प्रकरणमा आफ्ना नाम मुछिएपछि नेकपा महासचिव विष्णु पौडेलले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

बालुवाटारमा रहेको १ सय १३ रोपनी ३ आना सरकारी जग्गामा आफ्नो नाम सञ्चारमाध्यमले समाचार प्रकाशित गरेको भन्दै बुधबार एक विज्ञप्ति जारीगरि आपत्ति जनाएका छन् । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा पौडेलको समेत ८ आना जग्गा रहेको समाचार बाहिरिएको थियो ।

‘२०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको हुँदा समाचारमा उल्लेख भएजस्तो जग्गा हिना मिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता नरहेको व्येहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु’ पौडेलको विज्ञप्तिमा भनिएको छ ।