Gold
Bangad salyan

नेपालमा सुन भित्र्याउन अब रसुवाको मार्ग प्रयोग ,,

वैशाख,१० काठमाडौं – नेपालमा सुन्तस्कर अझै रोकीएको छैन, केहि वर्ष सम्म नेपालको त्रिभुवन अन्तरास्ट्रिय विमानस्थललाई सुन्तस्कर गर्ने थलो बनाईएको थियो।

लामो अनुसन्धान पछि ३३ किलो सुनतस्कारमा प्रहरीले मुख्यनाईके देखि घटनामा संलग्नलाई पक्राउ गरेको थियो। तेस्पछि वुटवल भैरवा,काठमान्डौको थानकोटमा प्रहरीले थुप्रै सुन्तस्करलाई पक्राउ गर्यो ।

अब भने सुन्तस्कर रसुवाबाट भित्रियको देखिन्छ ।प्रहरीले रसुवाको टिमुरेबाट ७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

केरुङ नाकामा सुन ल्याउँदै गर्दा शेर ग्याल्बो घले पक्राउ परेको रसुवाका डीएसपी सन्तोष तामाङले पुष्टि गरे । मंगलबार चेकजाँचका क्रममा स्याउ बोकेको ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा सुन फेला परेको उनले बताए ।