अज्ञात रोगबाट हुम्लामा ८ जनाको मृतु ,,
वैशाख १४ , सिमिकोट – अज्ञात रोगका कारण एक सातामै हुम्लाको ताँजाकोट गाउँपालिकामा ८ जनाको मृतु भयको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए ।
अज्ञात रोगबाट दर्जनौ बिरामी छन् अज्ञात शुरुमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको छ । रोगको को पहिचान हुनसकेको छैन ,र बिरामीको उचित उपचार हुन नसक्दा मृतु भयको हो रोगबाट गाउँपालिका मैला, मदानलगायतका गाउँका मानिस बिरामी परेको स्थानीय बासिन्दाले बताएका छन् ।
ग्रामिण भेगमा बिरामीलाई दिने औषधि पनि छैन र स्वास्थ्य चौकीमा कर्मचारी समेत नहुने स्थानिय बताउछन मृत्यु हुनेमा सो गाउँपालिका–१ का ७० वर्षीय कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का छन् ।
वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षकी सुनकेसा सुनार, वडा नं ३ का ७० वर्षीय अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जिव थापा रहेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए ।
घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोश टाढा भएकाले के रोगका कारणले ज्यान गएको हो भन्ने जानकारी नभएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए ।
औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिन र उक्त रोगको रोगथामका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली घटनास्थलमा जाने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मल्लले बताए ।
अहिले रोग सङ्क्रमित गाउँमा शिविर सञ्चालन भइरहेको र कुनै पनि स्वास्थ्य संस्थाका कर्मचारीलाई कार्यक्षेत्र नछाड्न पनि निर्देशन दिएको अध्यक्ष मल्लले बताए । मृतु हुनेहरुको स्वस्प्रसासमा समस्या देखिएर मृतु हुने गरेकोगाउँपालिका अध्यक्ष बागचल छत्याल मल्लले बताए ।श्रोत रासस ,,

