अष्टदल चुनाव चिन्ह सहित निर्वाचन आयोग पुगे सिके रावत ,,
वैशाख १५ ,काठमाडौ- जनमत पार्टीका अध्यक्ष सिके रावतले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् उ।क्त पार्टीमा अध्क्षय सिके रावत संगै ३५ जना सदस्य छन् निर्वाचन आयोगमा निवेदन आज दर्ता गराईएको केन्द्रिय सदस्य चन्द्रन सिंहले बताए ।
स्वतन्त्र मधेशको माग राख्दै आन्दोलन गर्दै आएका सिके राउत सरकारसँग ११ बुँदे सम्झौता गरि मुलधारको राजनीतिमा आएका हुन् । मुलधारमा आएपछि उनले जनमत पार्टी बनाएर निर्वाचन आयोगमा दार्ताका लागि निवेदन दिएको हो ।
यो भन्दापहिले उनलाई देशद्रोहको मुद्दा लागेर हिरासतमा राखीयको थियो सो पार्टीले चुनाव चिन्ह अष्टदल प्रस्ताव गरेको छ, भने रातो र हरियाको बीचमा सेतो रंग राखिएको चारकुने झण्डा रहेको छ ।
यद्यपि, चुनाव चिन्ह पछि मात्र दिने आयोगले भनेको नेता सिंहले बताए । आयोगबाट पार्टीको मन्यता प्राप्त गरिसकेपछि पदाधिकारी चयन गर्ने र त्यसपछि मात्र महाधिवेशनको बारेमा मिति तोक्ने उनले बताए ।
स्वतन्त्र मधेश ,मधेश अर्कै देश हो भन्दै उनले सामाजिक संजालमा स्टाटस समेत लेखेका थिय ,भने उनका कार्यकर्ताले स्वतन्त्र मधेश लेखेको ब्यानर समेत प्रचार प्रसार गरेका थिय।

