युरोप जान हिँडेको टोलि भूमध्य सागरमा डुङ्गा पल्टिदा ६५ जनाको मृतु ,,
वैशाख २८ , काठमान्डौ – युरोप जान हिडेका प्रवासीहरु चढेको एक डुंगा भूमध्य सागरमा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।
हाल सम्म १६ जनालाई भने उद्दार गरिएको बिबिसीले बताएको छ ।जीवित बचेका मानिसले बताए अनुसार डुङ्गा विहिबार लिबियाबाट युरोपको लागि निस्किएको थियो ।
समुद्रमा आउने गरेको ठुलो छालका कारण यो डुंगा दुर्घटना भएको जीवितपक्षले जानकारी गरेका हुन्। सबै भन्दा बढी मृतु हुनेमा अफ्रिकाका रहेको बिबिसीमा उल्लखे छ ।
युएनएचसीआरको तथ्याकं अनुसार यो वर्ष हालसम्म लिबियाबाट युरोप जाने क्रममा १६४ को मृत्यु भइसकेको छ । अहिले सम्मको सबैभन्दा मानवीय क्षति भयको घटना भने यो रहेको हो ।
एजेनसीको सहयाता बाट,,

