दैलेखमा मिनी ट्रक दुर्घटना चालकको मृत्यु ,,
वैशाख २८ , काठमान्डौ – कर्णाली परदेशको दैलेख गुराँस गाउँपालिका,४ सियाकोटनजिक मिनी ट्रक दुर्घटना भएको छ। दुर्घटना बाट चालकको मृतु भएको छ भने सहचालक गम्भीर घाईते छन् ।
जुम्लाबाट सुर्खेत जाँदै गरेको भे १ क १०८४ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो। मृतु हुने चालक सुर्खेतको लेकवेशी नगरपालिका,१० का २८ वर्षीय शेरबहादुर थापा छन्।
घाईते हुने सहचालकको भने ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। घाईते साचालकको काला गाँउ सुर्खेतमा उपचार भईरहेको छ ।मिनी ट्रक सडकदेखि ५०० मिटर तल तल खसेको छ ।

