प्रहरीको अगाडीबाटै अभियुक्त फरार ,,
जेठ, ८ काठमाडौं – प्रहरीको अगाडीबाट अभियुक्त फरार भएका छन्। बालिकालाई होटलमा लगेर सहमतिमा शारीरिक सम्बन्ध राख्दा परिवारले थाहा पाएपछि प्रहरी समक्ष बुझाइएका १६ वर्षीय किशोर पदम श्रेष्ठ फरार भएका छन् ।
उनलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले नियन्त्रणमा लिएको थियो ।वीर हस्पिटलबाट मेडिकल जाँच गर्न जाँदा हस्पिटलबाटै फरार भएको वृत्तका प्रमुख डीएसपी फडिन्द्र प्रसाईंले पुष्टि गरे ।
प्रहरीका अनुसार उनीविरुद्ध जबरजस्तीकरणी मुद्दामा म्याद थप पनि भएको छैन । कानुनतः नाबालिकाको हकमा सहमतिमै शारीरिक सम्पर्क भए पनि जबरजस्तीकरणी मानिन्छ ।
म्याद थप गर्नुअघि प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेपछि उनि फरार भय हामि खिजिमा जुटेका छौ ।पिडित नाबालिका हुन् परिवारले उनीहरुलाई एक होटलमा भेट्टाएपछि प्रहरीको जिम्मा लगाएका थिए ।

