Gold
Bangad salyan

भोलि सार्वजनिक विदा ,,

जेठ,२१ काठमाडौं – सरकारले भोलि सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा भोलि सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

एक महिने रोजा ब्रत पुरा भएको खुशीयालीमा इदुल्ल फित्र मनाउँछन् ।जेठ १० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार इदुल फित्रको दिन बुधबार बिदा दिइएको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।