Gold
Bangad salyan

नवलपरासीको प्रतापपुर गाँउपालिकाको पहिलो सार्वजनिक सुनुवाइ सम्पन्न ,,

जेठ २७ नवलपरासी पश्चिम – नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाको सार्वजनिक सुनवाई शनिबार सम्पन्न भएको छ । गाउँपालिकाले हाल सम्म सञ्चालन गरेको योजना तथा कार्यक्रमको विषयमा जानकारी गराउने उद्धेश्यका साथ कार्यक्रम गरिएको हो ।

सार्वजनिक सुनवाई कार्यक्रम मार्फत गाउँपालिकाका सरोरकारवाला सहित अन्य सर्वसाधारण स्थानियवासिन्दाहरुलाई गाउँपालिकाले गरेको काम कार्वाहीको बारेमा जानकारी गराएको थियो ।

कार्यक्रममा गाउँपालिकाले सम्पन्न गरेको तथा सञ्चालनमा रहेका योजना अन्य सेवा प्रवाहको विषयमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम गाहले प्रतिवेदन पेश गरेका थिए ।प्रतिवेदन पेश गर्दै अधीकृत गाहले हाल सम्म गाउँपालिको पुजीगत योजनाको खर्च २३ % र संचालन खर्च ४६ % प्रतिशत रहेको जानकारी दिए।

सहभागीहरुले उठाएको जिज्ञासाको जवाफ गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा, प्रमुख प्रशासकिय अधीकृतले घनश्याम गाह, शिक्षा शाखा प्रमुख दधिराम शर्मा,प्राविधिक प्रमुख इन्जिनियर आनन्द यादव, स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंह, दिनबन्धु मिश्र, वडा अध्यक्षहरुले पारेका थिए ।

सार्वजनिक सुनवाई कार्यक्रमबाट गाउँपालिकाका सरोकारवाला निकायमा जवाफदेहीता बढ्नुका साथै पारदर्शीता हुनेमा विश्वास लिइएको छ । सोही गाउँपालिकाको वडा नं.-९ को त्रिभुवन क्याम्पसको गांधी हल बेलाटारीमा भएको सार्वजनिक सुनुवाइको संयोजन त्रिवेणी सामुदायिक टेलिभिजनले गरेको थियोे ।

अंगद यादव/नवलपरासी पश्चिम,,