Gold
Bangad salyan

अझै भेटियन कर्णालीमा खसेको जिप मृतकका आफन्त बेहोस अवस्थामा ,,

रंग दर्पण ,असार ४ , हुम्ला – हुम्लाको खर्पुनाथ गाँउपालिका ५ स्थित कर्णाली नदीमा बेपत्ता भएको जीप अझै फेला परेको छैन ।मंगलबार दिउँसो तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि गएको लु १ ज ७१६६ नम्बरको जिप बेडुबिसौनामा अनियन्त्रित भइ कर्णाली नदीमा खसेको थियो ।

जिपमा गाँउपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित ८ जना रहेको देखाएको छ । शाहीका भाइ चन्द्र हमाल, ढुकु भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह, गोकुल सुनार, चन्द्र हमाल र सवारी चालक गणिजंग शाही पनि बेपत्ता रहेको आशंका गरिएको छ ।

जिपमा १० जना रहेको भनेपनि अन्य २ जनाको विवरण खुल्न सकेको छैन भने जिपमा एकिनका साथ् कतिजना सवारथिय भन्नेसमेत खुलेको छैन। कर्णालीमा जिप खसेको जानकारी हुन आएपछि उदारको लागि हेलिकोप्टर पठाएको थियो।

तर कर्णालीको पानि बहाव अत्यधिक चिसो भएको हुनाले उद्दार कार्य स्थगित भएको छ ।तेस्तै कर्णाली नदीमा खसेको जिप खोजिमा हिडेको गएको सशस्त्र प्रहरी बल, कुरिनटारको गोताखोर टोली घटनास्थलबाट फर्किएको छ ।

सशस्त्र प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा ४ जनाको गोताखोर टोली पानीको बहाव तीब्र भएपछि उद्दार कार्य स्थगित गरेर फर्किएको हो ।