Gold
Bangad salyan

सुर्खेतका जिल्ला वन प्रमुख चार लाख घुससहित पक्राउ ,,

असार २७ ,सुर्खेत – जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामा चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै शुक्रबार मध्यान्ह १२ बजे चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको पुष्टि हुन आएको छ ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार कार्यकक्षबाटै काठको छुटपूर्जीको म्याद थप गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेको जानकारी गरेको हो ।

लामालाई पक्राउ गरि अनुसन्धान अगाडी बढाईएको छ ।हाल लामा मात्र पक्राउ परेपनि अरुपनि पर्न सक्ने प्रहरीले जानकारी गरेको छ।

सुर्खेतमा ठुला माछा बिस्तारै समाउने प्रक्रिया अगाडी बढिरहेको पनि प्रहरीले जानकारी गरेको छ ।थप विवरण आउन बाँकी छ …..