विपदबारे गृहमन्त्री सदनलाई जानकारी गराउदै १ सय ८ को मृत्यु, ३३ बेपत्ता ,,
साउन ८ काठमान्डौ – यस वर्षको बाढी, पहिरो, डुबानमा परि मुलुकभर १ सय ८ जनाको मृत्यु भएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले गुल्मी, रौतहट सिरहा, ललितपुर लगायत ३५ जिल्ला बढी प्रभावित भएको जनाउँदै अहिलेसम्म १ सय ८ जनाको मृत्यु, ३३ बेपत्ता र ४६ घाइते भएका विवरण सार्वजनिक गरेका हुन् ।
विपद्को क्षति न्यूनिकरणका लागि सरकार गम्भीर भएर काम गरिरहेको भन्दै उनले हजारौं संख्यामा घर, आवासमा क्षति पुगेको बताए ।उद्धार र राहतका लागि जिल्ला विपद् व्यवस्थापन समितिसहित सम्पूर्ण सुरक्षा निकाय, रेडक्रस, विभिन्न संघसंस्था लागिरहेको उल्लेख गरे ।
उनका अनुसार ४१ हजार भन्दा बढी सुरक्षाकर्मी उद्धारमा परिचालित छन् । अहिलेसम्म ३ हजार ३ सय ६८ जनाको उद्धार गरिसकिएको छ । बेपत्ताको खोजी कार्य जारी रहेको गृहमन्त्रीको भनाइ थियो ।
मृतकका परिवारलाई १ लाखका दरले राहत वितरण गरिदै आएको छ उद्धार, राहतका लागि केन्द्र, प्रदेश र स्थानीय सरकार लागिरहेको पनि थापा बादलले बताए ।
तेस्तै यति खेरपानी देशभर बाढि पहिरो गईरहेको छ तेस्तै गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर ४ र ३ मा बढी पहिरो बाट ११ जनाको ज्यान गयको छ भने २ जना अझै बेपता छन्।

