Gold
Bangad salyan

तनहुँमा देखिए डेंगुका बिरामी धेरै जस्तो महिला हरुमा ,

साउन १८ , तनहु ,- तनहुको म्याग्दे गाउँपालिका १ गुणादीका १५ वर्षीय कैलाश थापामा डेंगु देखा परेको छ ।

ज्वरो आएर दमौली अस्पताल भर्ना भएका थापामा शंकास्पद लक्षण देखिएपछि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको थियो ।

परीक्षणपछि थापामा डेंगु देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रमेश बाराकोटीले जानकारी दिए ।विभिन्न ल्याब टेस्टपछि डेंगु पुष्टि भयो । आत्तिनुपर्ने जटिल समस्या छैन, उपचार भइरहेको छ उनले भने ।

डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । एडिज इजिप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरूलाई टोकेमा यो रोग सर्छ ।

टाउको दुख्ने, ज्वरो आउने, रिँगटा लाग्ने, जीउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु दुख्ने डेंगुका लक्षण हुन् । यस्ता लक्षन देखिन साथ् तुरुन्त स्वस्थसंस्थामा सम्पर्क गर्न पनि चिकित्सक बताउँछन् ।

विशेष गरि यो रोग महिला हरुलाई लाग्ने गर्दछ र स्त्री जातिका एडिज लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु सर्ने चिकित्सक बताउँछन् ।‘यी लामखुट्टेले बिहान र साँझपख मानिसलाई टोक्छ गर्दछन ।

यस्तो लामखुट्टेको टोकाईबाट बच्न घर वरपर खाडलमा जमेको पानिलाई पुर्ने , सांझा पख बाहिर निक्लिदा फुल कपडा लगाउन पर्ने ,झुल्को प्रयोग गर्न पर्ने जस्ता कार्य अपनाउन चिकित्सकको सल्हा छ। हात वर्षपनि नेपालमा ६ जनालाई डेंगु देखा परेको थियो।