Gold
Bangad salyan

विप्लवका सुर्खेत जिल्ला कमिटी सदस्य पक्राउ ,,

साउन २१ ,सुर्खेत – प्रतिबन्धित नेकपा नेत्र विक्रम चन्द विप्लव समूह पार्टीका सुर्खेत जिल्ला कमिटी सदस्य पक्राउ परेका छन्।

सुर्खेतको बराहताल गाउँपालिका,९ निवासी विप्लवका जिल्ला कमिटी सदस्य ५१ वर्षका हिरालाल सुनारलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

सुनारलाई पार्टीको दस्ताबेजसहित बराहताल,१० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

पक्राउ पर्ने गरेका विप्लव समुहका कार्यकर्ता भरि पार्टी छोड्ने लिखित सम्झौता गर्दै रिहा हुँदै गरेका छन्। प्रहरी र विप्लव समूहबीच धेरै ठाँउमा भिडन्त समेत हुने गरेको छ।