Gold
Bangad salyan

उपनिर्वाचन बहिस्कार गर्छौ मोहन वैद्य ,,

साउन २६ ,काठमान्डौ – मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको चुनावलाई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी ) मोहन वैद्य किरणको टोलीले बहिस्कार गर्ने घोसना गरेको छ ।

पार्टीको साउन २१ देखि २३ गतेसम्म बसेको पोलिटब्युरोको बैठकले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको महासचिव मोहन वैद्य किरणले जानकारी दिए ।

सत्ता तथा व्यवस्था बदनाम हुँदै गएको वर्तमान अवस्थामा निर्वाचनको उपयोग गरेर भन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्न उपयुक्त हुने भएकोले उक्त उपनिर्वाचनको सक्रिय बहिस्कार गर्ने निर्णय लिइएको छ,’।

बैठकपछि महासचिव बैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विभन्न कारणले रिक्त रहेका जिल्लामा सरकारले प्रतिनिधिसभाको १, प्रदेशसभाका ३ र स्थानीय तह समेत जम्मा ३६ जिल्लाका ५० स्थानमा पदहरुको पूर्ति गर्न उपनिर्वाचन हुदैछ ।