Gold
Bangad salyan

प्रधानमन्त्री केपी ओली प्रचण्ड शेर ब देउवालाई फेसबुकमा खुकुरी देखाउदै गालि गर्ने ब्याक्ति पक्राउ,

भदौ ३ , काठमान्डौ – फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गाली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा सिमराका २८ वर्षीय सागर मैनाली छन् । उनले केहिदिन अगाडी फेसबुकमा खुकुरी देखाउदै नेतालाई गालि गर्दै काट्ने धम्कपूर्ण भाषा प्रयोग गरेका थिय ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीलाई बाराबाट पक्राउ गरेर काठमाडौं ल्याइएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।

उनका अनुसार, पक्राउ परेका व्यक्तिविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुनेछ । पक्राउ परेपछि ति व्यक्तिले आफुलाई सामाजिक संजालमा नराम्रो बोल्दा यस्तो कारबाही हुन्छ भन्ने थाहा नभयको बताए ।

साथै अब देखि यस्तो नगर्ने पनि बताएका हुन्, रवि लामिछाने पक्रा संगै हिरासतमा पसेपछि समर्थक भन्ने हरुले सामाजिक संजालमा गालि गलौज गर्ने गरेका छन् ।ति सबैलाई प्रहरीले पक्राउ गर्ने जानकारी गरेको छ।