Gold
Bangad salyan

वरिष्ठ निर्देशक किशोर रानाको निधन ,,

भदौ ४ , काठमान्डौ – नेपाली चलचित्रका वरिष्ठ निर्देशक किशोर राना मगरको निधन भएको छ ।

उनको बुधबार दिउँसो ३ बजे जावलाखेलस्थित निदान अस्पतालमा उपचारको क्रममा निधन भयको हो ।

लामो समयदेखि मधुमेह रोगबाट पीडित मगरको ६४ वर्षको उमेरमा निधन भयको हो। रानाले सीमारेखा,कर्जा,रॉको,करोडपति,सन्तानको माया,कब हुई मिलन हमार,मिस्टर मंगले,चक्र आदि सफल चलचित्रका निर्देशन गरेका छन् ।

चलचित्र क्षेत्रम उनको योगदान कहिले भुल्न नसकिने चलचित्र कर्मीले बताएका छन् राना मगरले भारतीय चलचित्र नगरी त्यागेर नेपाली फिल्म निर्देशनमा भित्रिएका थिय।

उनले राष्ट्रिय चलचित्र पुरस्कार २०७४ मा ‘दीर्घ साधना सम्मान’ प्राप्त गरेका थिए । उनको शुक्रबार अन्तेस्टी गर्ने तयारी भएको पारिवारिक श्रोतले जनाएको छ।

केहिदिन अगाडीमात्र पनि चलचित्र कर्मी शुभद्रा आधिकारीको निधन भयको थियो। यो संगै चलचित्रले राम्रा चलचित्र कर्मी गुमाएको छ ।