Gold
Bangad salyan

नेकपाको एकल जिम्मेवारी प्रचण्डलाई दिनुपर्छ ,,

भदौ २१ , काठमान्डौ – नेकापा भित्र पार्टीको जिम्मेवारी प्रचण्डलाई दिन पर्ने (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले बताएका छन्।

नेकपाभित्र एक व्यक्ति, एक पदको व्यवस्था लागू गर्ने बताउनु पर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार चलाउन र अध्यक्ष प्रचण्डलाई पार्टीको जिम्मा दिन पर्ने उनले बताए।

रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले नेकपाभित्र अहिले ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को बहस शुरु भइरहेको बताए ।

पार्टीका नेताहरु सरकार र पार्टीको प्रमुख जिम्मेवारी सहित दोहोरो भूमिकामा रहेका छन्र नगरपालिकाका प्रमुख पार्टीको जिल्ला अध्यक्ष हुँदै बाँड फाँड गरिएको छ।

यो विषयलाई पार्टीले सच्याएर जानु पर्छ। ज्ञवालीले भने,नेकपा अध्यक्ष पनि दुई भयको र प्रधानमन्त्री पनि आलो पालो गर्ने पार्टीको कामले गर्दा पार्टी भित्रनै गुट अवगुट असुन्तुस्टलाई सुधारेर जानुपर्ने उनले बताए ।