मन्त्रि मातृका यादव र प्रभु साहले भने मुस्कान बहिनि तिमीलाई न्याय दिलाउँछौं ,,
भदौ २२ , काठमान्डौ – एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र नेकपा नेता प्रभु साहले अस्पतालमै गएर भेटेका छन् ।
उनीहरु दुवैले भनेका छन् ,बहिनि तिमीलाई न्याय दिलाउँछौं जसरि भयपनी दोषीलाई कानुनी कठघरामा उभ्याउने छौ ,।नेताद्वय यादव र साहले उनको उपचारमा कुनै कमी नगर्न अस्पताललाई अनुरोध गरेका हुन् ।
मुस्कान खातुनको हाल कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियूमा राखेर उपचार भईरहेको छ ।वीरगंजस्थित रेशमकोठीको त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत १५ वर्षीया मुस्कान खातुनमाथि शुक्रबार विहान ६ बजेतिर गणेशमानचोक नजिकै एसिड प्रहार भएको थियो।
मुस्कानको अनुहार हात र शरीरको केही भाग एसिडले जलेको छ । नारायणी अस्पतालमा प्रारम्भीक उपचार गरेर उनलाई काठमाडौं ल्याइएको हाे।
एसिड आक्रामक गर्ने मुख्य अभियुक्त वीरगञ्ज-२ छपकैया बस्ने १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरिसकेको छ भने एसीड छाप्नेमा संलग्न उनका सहयोगी सोही ठाउँका १६ वर्षीय माजिद आलम भने फरार छन् ।
उनलाई पनि प्रहरीले खोजि रहेको छ। आफूलाई प्रेम नगरेको भन्दै सम्सादले मुस्कानमाथि एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी शर्माले जानकारी दिए ।
नाबालक माथि एसीड छ्याप्ने यो जघन्य अपराध हो। दोषीलाई कारबाही गर्ने र आफु हरु काठमान्डौमै ठाँउमा रहेको नेताद्वयले जानकारी गरेका छन्।
उनलाई दोषीले पलास्टिकको जगमा पानि भनेर एसीड दिएका थिए ।खातुनले पिउन अस्विकार गरेपछि गल्लिमा गयर पछाडीबाट एसीड छ्यापीएको थियो ।

