Gold
Bangad salyan

रवि लामिछानेलाई तत्काल पक्राउ गरि थुनामा राख्न उच्च अदालतमा निवेदन,,

भदौ २३ , काठमान्डौ – पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या दुरुत्साहन प्रकारणमा पक्राउ परेका न्युज २४ मा जनता संग सिधाकुराक प्रस्तोता रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनको हेटौँडाइ जलासमा निवेदन दर्ता गरिएको छ ।

लामिछाने सहित , युवराज कंडेल , अस्मिता कार्की रुकुलाई थुनामा राख्न अदालतले निवेदन गरेको हो सोमबार सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता गराएको हो ।

जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता भएको हेटौँडा इजलासका प्रवक्ता अमृत घिमिरले बताए ।उनका अनुसार सो निवेदनको प्रारम्भिक सुनावाई मंगलबार तोकिएको छ ।

यसअघि सरकारी वकिलको कार्यालयले अभियुक्त तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवान माग दावी गर्दै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो । यस अघि चितवन जिल्ला अदालतले रवि लामिछाने र युवराज कंडेल ५ लाख धरौटिमा रिहा गरिएको थियो भने अस्मिता रुकु ,कार्कीलाई साधारण तारेखमा छोडियको थियो प।

त्रकार पुडाशैनिको आत्महत्यामा एक भिडियो फेला परेको थियो ।जुन भिडियोमा लामिछाने युराज कंडेल र अस्मिता कार्कीले आफुलाई आत्महत्या गर्न बाध्य बनाएको भिडियोमा बोलिएको छ।

रवि लामिछानेलाई रिहा गरिएपनि उनको मुद्दा विचाराधीनमा थियो । अदालतको अनुमति बिना विदेश जान नमिल्ने सार्वजनिक स्थलमा कार्यक्रम गर्न नमिल्ने र पुडाशैनिको हत्या बारेमा कार्यक्रम चलाउन नमिल्ने जस्ता सहमतिमा अद्लातले उनलाई रिहा गरेको थियो ।