Gold
Bangad salyan

आजदेखि मलेसियाको श्रम स्वीकृति दिन थालियो, मलेसिया जान शुल्क नलाग्ने ,

भदौ २९ , काठमान्डौ – १५ महिना देखि बन्द रहेको मलेसिया श्रम स्वीकृत आज देखि खुल्ला भएको छ ।मलेसियाको श्रम मन्त्रालयका सह सचिवस्तरीय प्राविधिक समितिमा भएको सहमति अनुसार मलेसियाको रोजगारी खुला आइतबारबाट खुला भएको हो ।

यो संगै मलेसिया जान अब कुनै शुल्क नलाग्ने भएको छ मलेसिया जाने कामदारको खर्च अब रोजगार दाताले नै बेहोर्ने र मेडिकलमा लागेको शुल्क पनि पहिलो महिनाको तलब दिने समयमा फिर्ता गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए।

मलेसिया पुगेपछि कामदार आफैले पासपोर्ट राख्न पाउने , कम्पनीले तलब नदिए अर्को कम्पनि फेर्न पाउने जस्ता सहमतिपनि दुइ देशबीच भएको छ।

तत्कालका लागि ३६ वटा पुरानै संस्थामार्फत नै मेडिकल गरेर कामदार लैजान सुरु गरिनेछ ।नेपाल सरकारले मलेसिया खुलाउने गरी नयाँ कामदारको स्वास्थ्य जाँच गर्ने १२२ वटा स्वास्थ्य संस्थाहरु सूचीकरण गरेको छ ।

बाँकी ८६ संस्थामा मलेसियाले अनुगमन गरेर आगामी नोभेम्बरबाट नयाँलाई स्वीकृति प्रदान गर्न सुरु गर्नेछ ।अब मलेसियाले प्रत्याभूत गरेका सेवा सुविधा शर्तहरु पालना गरेर मागपत्र ल्याउने कम्पनीहरुले नेपाली कामदार मलेसियमा पठाउन सक्नेछन् ।

मलेसिया पठाउने बहानामा विभिन्न श्रोतले ठगि गरेको जानकारी पाएपछि श्रम मन्त्रि गोकर्ण बिस्टले २०७५ को जेठ १२ गते श्रम स्वीकृति बन्दगरि ठग्ने गिरोहमाथि कारवाही अभियान चलाएका थिए ।