दिन दिनै विभिन्न जिल्लमा भुकम्प आज लम्जुङ्मा ,,
भदौ ३१,लमजुङ – केहि दिनदेखि विभिन्न जिल्लमामा भूकम्पका धक्का महसुस हुने गरेका छन् ।आज लमजुङको दोर्दी गाउँपालिका ४, नौथर शेरा नजिकै केन्द्रबिन्दु भएर मंगलबार बिहान पराकम्प गएको छ।
बिहान ९ बजेर ५३ मिनेट जाँदा ४ दशमलव ५ म्याग्निच्युटको पराकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । लमजुङकासँगै मनाङ, गोरखा, कास्की लगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् ।
भुकम्पका कारण स्थानिय त्रासमा हुँदै घर दखि बाहिर भागा भाग समेत गरेका थिए मापन केन्द्रले गुगल म्याप डाटा अनुसार नौथरदेखि पाचोक जाने बाटो जितौरे नजिकै किसेदीखोला आसपास केन्द्रबिन्दु देखाएको छ।
मानवीय क्षति भने नभएको खबर आएको छ, हिजोपनि सुदुरपक्ष्चिममा बैतडी देखि आसपासका जिल्ल्ल्मा भुकम्पको धक्का गएको थियो ।

