सल्यानको बनगाड कुपिनडेका एक युवकको डेंगुका कारण मृतु ,,
असोज ४ , सल्यान – कर्णाली प्रदेश सल्यानको बनगाड कुपिण्डे नगरपालिका -७ सिम्तिगैराका २१ वर्षीय नोखिराम नेपालीकाे डेंगुका कारण भारतमा मृत्यु भएको छ ।
मजदुरीका लागि भारतको राजकोटमा पुगेका उनलाई डेंगु संक्रमित भएपछि भारतको राजकोट अस्पतालमा २ हप्ता देखि उपचार भैरहेको थियो ।
उपचारकै क्रममा गएराती मृत्यु भएको उनका आफन्त खुमबहादुर सार्कीले जानकारी दिएका छन ।५ महिना अघि मजदुरीको लागि उनि भारतको राजकोट पुगेको पारिवारिक श्राेतले जानकारी गरेका हुन्।
मृतक नोखिरामका २ वर्षीया छोरी र श्रीमति छन् । उनको शवलाई नेपाल ल्याउने तयारि भईरहेको उनका आफन्त लोकराज नेपालीले जानकारी दिएका छन ।

